देउवा र प्रचण्डलाई सुनाएरै एमालेले भन्यो- यहि अवस्थामा सदन मरिगए चल्दैन

  • प्रकाशित मिति : २०७८ माघ २३, आईतवार
  • chhanbin.com

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सदन चल्न नदिने दोहोर्‍याएको छ।प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बालुवाटारमा बोलाएको बैठकमा सहभागी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले कारबाही गरेका सांसदलाई नहटाएसम्म सदन चल्न नदिने बताएका हुन्।

सत्ताघटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी बैठकमा एमालेले फेरि पनि सभामुख अग्नि सापकोटाको भूमिकामाथि प्रश्न उठाएको छ। बैठकपछि पत्रकारसँग बोल्दै एमाले महासचिव शंकर पोखरेलले सदन चलाउन नदिने विषय राखेको बताए। उनले सभामुखले गैरसंवैधानिक रुपमा सदन चलाउन खोजेको बताए।

उनले एमालेले कारबाही गरेका १४ जना ‘गैरसांसद’ सहभागी भएसम्म सदन चल्न नदिने विषय राखेको पोखरेलले बताए।