वारपार गर्न देउवाले प्रचण्ड र माधवलाई बालुवाटार डाके, आजै साँझ बैठक राखे

  • प्रकाशित मिति : २०७८ माघ २३, आईतवार
  • chhanbin.com

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)बारे साझा धारणा बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्दैछन् ।

एमसीसीबारे गठबन्धन र विपक्षी दलहरुबीच फरक फरक धारणा सार्वजनिक भइरहेका बेला प्रधानमन्त्री देउवाले ओली र दाहालसँग छलफल गर्ने भएका हुन् । एमसीसी र स्थानीय तहको निर्वाचनको मितिबारे साझा धारणा तय गर्न प्रधानमन्त्री देउवाले छलफल गर्न लागेको बालुवाटार स्रोतले बताएको छ। छलफल बेलुकी ४ बजेतिर हुने बताइएको छ।