प्युठान दुर्घटनामा कांग्रेस गौमुखी गाउँपालिकाका उपसभापति वसन्त खड्काको मृत्यु

  • प्रकाशित मिति : २०७८ माघ २२, शनिबार
  • chhanbin.com

प्युठानमा शनिबार बिहान भएको जीप दुर्घटनामा परी नेपाली कांग्रेस गौमुखी गाउँपालिकाका उपसभापति वसन्त खड्काको मृत्यु भएको छ । गौमुखी गाउँपालिका–६, ओखरपाटामा भएको जीप दुर्घटनामा सोही वडाको लिवाङका ३९ वर्षीय उपसभापति खड्कासहित आठजनाको मृत्यु भएको हो ।

घाइते बेहुला २५ वर्षीय दानबहादुर खड्काको बिहेबाट फर्किंदै गरेका वसन्त, उनकी श्रीमती ३९ वर्षीया वसन्ती र उनीहरूकी ११ वर्षीया छोरी एलिसाको समेत मृत्यु भएको जनाइएको छ ।

जन्ती सवार ग१ज ५०९२ नम्बरको जीप दुर्घटनामा परेको हो । जीप सडकदेखि करिब ३०० मिटर तल खोल्सामा खसेको छ । रातभरि पानी परेको र बाटो चिफ्लो भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।