२ हजार ५२६ जनामा कोरोना संक्रमण, १६ को मृत्यू

  • प्रकाशित मिति : २०७८ माघ २१, शुक्रबार
  • chhanbin.com

पछिल्लो २४ घन्टामा मुलुकभर थप २ हजार ५२६ जनामा कोरोना संक्रमण भएको छ । ११ हजार ७३ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।

यससँगै मुलुकभर ५२ लाख ६३ हजार ८३० जनामा पीसीआर परीक्षण गर्दा ९ लाख ६४ हजार ११९ जनामा संक्रमण पुष्टि भएको छ भने ९ लाख ८५ हजार ७८९ जनामा एन्टीजेन परीक्षण गर्दा १ लाख ३३ हजार ४७० जनामा एन्टीजेन पोजिटिभ भेटिएको छ ।

मन्त्रालयका अनुसार शुक्रवार ८ हजार ४२५ संक्रमित उपचारपछि निको भएका छन् ।