आईतबार देखि भौतिक रुपमा विद्यालय सञ्चालन हुने, कहाँ-कहाँ खुल्दैछन् स्कुल ?

  • प्रकाशित मिति : २०७८ माघ २०, बिहीबार
  • chhanbin.com

कोरोनाको त्रास र आतंकले बन्द भएका स्कुल धमाधम खुल्ने भएका छन्। स्थानीय तहले अबस्था हेरेर स्कूल संचालन गरि पठन पाठनलाई सुचारू गर्ने भएका हुन्। गोकर्णेश्वर नगरपालिकाले २३ गतेदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने भएको छ । नगरपालिकाले सूचना जारी गर्दै नगरपालिकाभित्रका सामुदयायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक, शिक्षाका पेशागत संस्थाका पदाधिकारीहरूको चाहना तथा माग अनुसार शिक्षा समितिको बैठकले सबै विद्यालय, शिक्षालय भौतिक रुपमा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।

नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव विजयप्रसाद आचार्यले स्वास्थ्य मापदण्ड पालना गरी पूर्ण सतर्कता र सजगताका साथ २३ गते आइतबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय भएकोले सोही अनुसार उपयुक्त एवं भरपर्दो वातावरण मिलाउन सबै विद्यालयलाई अनुरोध गरेका छन् ।

वातावरण भए/नभएको विषयमा नगरपालिकाबाट अनुगमन गरिने र सो अनुसार नपाइए नियमानुसार कारबाही गर्ने सूचनामा उल्लेख गरिएको छ । अन्यत्र पनि धेरै स्थानमा माघ १३ गते बाटै स्कूल संचालन हुँदैछन्। कतिपय स्थानीय तहले स्कूल बन्द गराएकै छैनन्।