सिद्धार्थ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति दिने भयो ?

  • प्रकाशित मिति : २०७८ माघ २०, बिहीबार
  • chhanbin.com

सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ सम्मको संचित मुनाफबाट लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स संचालक समितिको माघ १८ गते बसेको बैठकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामा साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।