हिजोको भन्दा आज ह्वात्तै बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

  • प्रकाशित मिति : २०७८ माघ २०, बिहीबार
  • chhanbin.com

सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले बढेर रु ९२ हजार ७०० पुगेको छ । बुधबार प्रतितोला रु ९२ हजार २०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार २०० कायम भएको छ । बुधबार प्रतितोला रु ९१ हजार ७०० तोकिएको थियो ।

त्यस्तै चाँदीको मूल्य बिहीबार अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २५५ कायम भएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔँस एक हजार ८०६ डलर आसपास कारोबार भइरहेको छ ।