३ हजार ६ सय ३७ जना कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

  • प्रकाशित मिति : २०७८ माघ १९, बुधबार
  • chhanbin.com

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ६ सय ३७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जम्मा ११ हजार ५८२ जनामा गरिएको परीक्षणका क्रममा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै यस अवधिमा कोरोनाबाट १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै, २४ घण्टाको अवधिमा ७ हजार ५ सय ५५ जना कोरोना संक्रमणबाट निको भएका छन् । यस्तै, सक्रिय संक्रमितको संख्या पनि एक सातायता घटिरहेको छ । मन्त्रालयका अनुसार आज देशभर ६९ हजार २९१ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ लाख १५ हजार ७९६ जनाले कोरोना भाइरसविद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।