शिक्षक सेवा आयोगमा सफलता हात पार्ने यस्ता छन् अनेक टिप्स, ७ ‘सी’ ७ ‘एस’ ले दिन्छ सफलता

  • प्रकाशित मिति : २०७८ माघ १६, आईतवार
  • chhanbin.com

शिक्षक सेवा आयोगले लामो प्रतिक्षा पछी खुलाएको स्थायी शिक्षकको प्रतिष्पर्धात्मक परीक्षामा सफल हुन विषयवस्तुको ज्ञान, समयको व्यवस्थापन, प्रश्नहरुको आकर्षक र मौलिक सटिक उत्तर दिन सक्ने कौशलताले अहम् भूमिका खेलेको हुन्छ । प्रतिष्पर्धामा खरो उत्रिएर सफल भै अब्बल साबित हुन आफ्नो अध्ययनलाई सार्थक बनाउन परीक्षाको सामना सहज गर्न विभिन्न उपायहरु अबलम्बन गरिनु बुद्धिमानि हुन्छ ।

परीक्षाका पाठ्यक्रममा दिएका Content (विषयवस्तु)को बहुआयमिक गहन अध्ययन हुनु जरुरी रहन्छ । बिषयस्तुको अध्ययनबाट प्राप्त ज्ञानलाई प्रश्नले खोजेको वास्तुपरक जवाफ समसामयिक Context (परिवेश) लाई ध्यान दिंदै सहज र सरल भाषामा शटिक मौलिक उत्तर Communicate (प्रस्तुत) गर्नु बुद्धिमानी ठहर्छ । परम्परागत प्रश्नको सोझो उत्तर भन्दा पनि Innovative खालको तर्कपूर्ण मौलिक उत्तरहरु अधिक अंक प्राप्त गर्न लायक हुन्छन् ।

परीक्षाको तयारी क्रममा विभिन्न उपायहरु अपनाएर घनिभूत अध्ययन गर्नुको साथै परीक्षाका क्लूहरुको जानकारी राख्नु बुद्धिमानि ठहर्छ । परीक्षाको तयारीका लागि स्रोत सामग्रीकोरुपमा पाठ्यक्रम, विषयगत पाठ्यपुस्तकहरु, विशिष्टीकरण तालिका (Specification Grid)लाई विशेष आधार मान्न बिर्सनु हुन्न । विशिष्टिकरण तालिकामा प्रत्येक विषयको एकाई, पाठ्यक्रमको क्षेत्र, विषयगत प्रश्न संख्या, पूर्णांक तथा प्रत्येक प्रश्नको अंकभारको विस्तृत विवरण उल्लेख भएको हुन्छ । पाठ्यक्रम, विशिष्टिकरण तालिका, नमूना प्रश्नपत्र लगायतका उपयोगी अन्य सूचनाहरुको जानकारी शिक्षक सेवा आयोगको वेबसाइट www.tsc.gov.np बाट पनि प्राप्त गर्न सकिन्छ ।

सामाग्री संकलन र अध्ययन – आयोगबाट प्रकाशित पाठ्यक्रम, बुलेटिनहरु र पुराना प्रश्नपत्रहरु,

– पाठ्यक्रममा समावेश भए अनुसारका प्रत्येक एकाइ वा शीर्षक अनुसारका अध्ययन सामाग्री संकलन गर्ने, अध्ययन सामाग्रीहरु पहिलो स्रोत बाट संकलन गर्ने,

– पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित तह र परीक्षा दिने विषय अनुसारका पा्यपुस्तक, पाठ्यक्रम तथा शिक्षक निर्देशिका सम्बन्धित अन्य प्रकाशनहरु संकलन गर्ने,

– बजारमा पाइने सन्दर्भ सामाग्रीहरु जम्मा गर्ने, परीक्षासँग सम्बन्धित सूचनाहरु विभिन्न पत्रपत्रिकाबाट संकलन गर्ने,

– संकलित सामाग्रीहरुको अध्ययन पाठ्यक्रमलाई अगाडी राखेर विषयगत एकाईगत बूंदागत रुपमा क्रमिकरुमा टिपोट बनाउने,

– भाषागत भन्दा पनि आवश्यक सूचनाहरुलाई महत्व दिई अध्ययनका साथै नोट बनाउने,

– धेरै सूचना प्राप्त गर्ने गरी छरितो अध्ययन गर्ने, पुस्तक वा अध्ययनका क्रममा महत्वपूर्ण शव्द र वाक्यमा हाइलाइट गर्ने,

– कण्ठ गर्नुपर्ने सूचना र तथ्यांकको हकमा अर्थपूर्ण संक्षिप्त शव्द वा वाक्य बनाई अध्ययन गर्दा संझन सजिलो हुन्छ,

– महत्वपूर्ण विषय वस्तुहरु कक्षामा पढाएको वा अन्य स्रोतबाट मोबाइल आदीमा रेकर्ड वा कपीगरेर हिड्दा वा अन्य फुर्सदको समयमा हेर्ने सुन्ने,

– द्विविदा लाग्ने विषयवस्तुको को बारे प्राथमिकताको साथ स्पष्ट हुने, संभव भए सम्म विषय मिल्दो साथीहरुसँग समूह मिलाई अध्ययन गर्ने, अध्यन गर्दा

7C: Content, Concept,Core, Coverage, Context, Comment & Conclusion बिर्सिनु हुँदैन् ।

लेखन अभ्यास

– पुराना र सम्भाव्य प्रश्नहरुको तोकिएकै समयमा हलगर्ने अभ्यास निरन्तर गर्नु पर्छ,

– प्रश्नको हल गर्दा अंकभार अनुसार समय विभाजन गर्न बिर्सिनु हुन्न,

– आफूले लेखेको उत्तर आफैले पनि हेर्ने र अग्रज वा विज्ञलाई देखाएर सुझाव लिने,

– प्राप्त सुझावलाई मनन गर्दै पुन सन्तुष्ठ हुने गरी लेख्ने,

– उत्तर लेख्दा आकर्षक मुख्य वाक्य बाट सुरु गर्नु पर्दछ,

– उत्तर लेख्दा जानेको सबै भन्दा पनि प्रश्नले मागे अनुसार सटिक, संक्षिप्त र मौलिक हुनु पर्दछ,

– उत्तरको प्रस्तुतिमा विविधता ल्याएर आकर्षक बनाउन बुंदागत, तालिका, ग्राफ, छोटोछोटो वाक्यमा प्रस्तुत गर्ने,

– एक बाट अर्को प्रश्न लेख्दा ३।४ लाइनको ठाउँ छोडेर लेख्दा आकर्षक हुन्छ, यसबाट कतिपय अवस्था पछि उत्तर थप्न पनि सहज हुन्छ,

– सामान्य सजिला प्रश्नहरु सबैले हल गर्ने भएको ले कतिपय प्रश्नहरु जटिल हुन्छन्। यस्ता निर्णायक प्रश्नहरुको जवाफ विशेष होस पुर्याएर लेख्नु पर्दछ,

– सफा,क्रमिकता, सरलता मौलिकता, विविधता आदी ले उत्तरलाई विशेष आकर्षण बढाउँछ,

– प्रश्नको् उत्तर लेख्दा ध्यान दिनुपर्ने 7S: Structure, Start, Style, Strategy, Scope, Size, Strenght.

बहुवैकल्पिक प्रश्नका उत्तर दिंदा ध्यान दिनुपर्ने शिक्षक सेवा आयोग परीक्षाको तयारी तथा सोधिने विषयगत तथा बहुवैकल्पिक प्रश्नहरुको उत्तर कसरी दिने भन्ने बारेमा केही टिप्सहरु यहां प्रस्तुत गरिएको छ ।

– पाठ्यक्रममा तोकेका विषयवस्तुहरुको विस्तृत अध्ययन गर्न यथासम्भव धेरै स्रोत सामग्रीहरु जुटाउने प्रयाश गर्नु पर्दछ,

– प्रीण्टेड सामाग्री नपाए पनि अहिले प्रायश सबै संघसंस्थाले आ आफ्नो website मा सूचना प्रवाह गर्ने हुनाले खोज्नु पर्छ, यसबाट पछिल्लो ताजा सूचनाहरुको जानकारी एकै स्थानमा बसेर लिन सकिन्छ,

– परीक्षाको आसपासमा मात्र नभएर नियमितरुपमा विषयगत कार्यतालिका बनाएर विस्तृत र गहन अध्ययन गर्ने ,

– आधारभूतकुराहरु थाहापाउने गरी सम्बन्धित विषयको परिभाषा र यसको अर्थ समेतको गहन अध्ययन गर्ने, परिभाषामा प्रयोग भएका शव्दहरुको बारेमा पनि विस्तृत जानकारी राख्ने,

– विगतमा सोधिएका प्रश्नहरु तथा नमूना प्रश्नहरुको पर्याप्त अध्ययन तथा हलगर्नले अभ्यस्त मात्र नबाएर आत्मबल पनि बढाउँछ,

– कुनै शव्द वा Terminology को बारेमा यकिन नभएमा शव्दकोष वा अन्य सम्बन्धित स्रोत सामाग्री अध्ययन गर्ने,

– विषय अनुसारको मुख्य अवधारणा (Concept)लाई विभिन्न स्रोत सामाग्रीबाट खोजेर पढरनाले स्पष्ट भारणा बनाउन सकिन्छ,

– सामान्यरुपमा सम्झ्ने भन्दा पनि बिस्तृत जानकारी राख्ने गरी अध्ययन गर्नाले दिगो सिकाइ हुन्छ

– आफूभन्दा राम्रो तयारी गरेको साथीसंग छलफल गरेर पढ्नाले कतिपय कुराहरु स्पष्ट र स्थायी हुन्छन,

– परीक्षा देखि आँतिने हतारिने भन्दा पनि सहज सामनागर्ने मानसिकता बनाउनु पर्दछ,

– शारीरिक, मानसिक, खानपान, आहार विहार सन्तुलित र सहज हुनुपर्छ,

– डर, त्राश तथा अनिंदो बस्ने, तनाव लिने लगायत नकारात्मक प्रबृतिबाट टाढै रहनु पर्छ,

– कुन विषय र क्षेत्रमा आफ्नो राम्रो दखल र कुनमा कम्जोर छु भन्ने जानकारीको आधारमा अध्ययनको समय र सामाग्रीको चयन गरिनु बुद्धिमानि ठहर्छ,

– परीक्षा केन्द्र नौलो भए जाँच भन्दा अगाडीकै दिनहरुमा एक पटक अवलोकन गर्नु राम्रो हुन्छ

– परीक्षाहलमा समयमा नै प्रवेश गर्ने तथा लुगा आदी ड्रेसअप पनि सहज र साधारण comfortable हुनु पर्दछ,

– उत्तरपुस्तिका, प्रवेश पत्र तथा प्रश्नपत्रमा उल्लेखित सुझाव (Instruction) र प्रश्नहरुलाई राम्रोसंग पढ्न अल्छिी गर्नु हुन्न,

– प्रश्नपत्रमा लेख्नुपर्ने रोल नं, नाम लगायतका माग भएका आवश्यक विवरण प्रश्नको उत्तर लेख्नु अगाडी नै भर्ने, संभव भएमा घन्टी बझ्नु भन्दा अगाडी,

– प्रश्न पत्र हात परेपछी विषयगत प्रश्नहरुले मागेको उत्तर एकिन गरेपछी आफुलाई धेरै आउने उत्तरका आधारमा प्राथमिकीकरण गर्दै समयको पाबन्दीलाई ध्यानमा राखेर सटिक मौलिक उत्तर लेख्नु पर्छ,

– आयोगको परीक्षा प्रतिष्पर्धात्मक हुने भएकोले साथीलाई उत्तर भन्ने वा देखाउने काम आत्मघाति हुन सक्छ,

– बहुवैकल्पिक प्रश्नका उत्तर पनि आफ्नै अगाडी हुने भएकाले सही उत्तरमा चिन्ह लगाउँदा हतपत नगरी धैर्यतापूर्वक निस्कर्षमा पुग्नु पर्दछ,

– बहुवैकल्पिक प्रश्नहरुको उत्तरमा चिन्ह लगाउदा निर्देशनअनुसार अर्को उत्तर तालिकामा सही उत्तरको अक्षर,

– संभावित आफूलाई कनफयूज लागेको उत्तरमा हतार गरेर एकै पटक स्थायी चिन्ह नलगाउने, सानो संकेत राखेर अरु सही उत्तरको बारेमा सोचेर एकिन गर्ने,

– माथीका सबै भन्ने उत्तरहरु प्रायश सही हुन सक्छन्,

– माथीका कुनै पनि होइन भन्ने उत्तरहरु प्रायश गलत हुन सक्छन्,

– दोहोरो नकारात्मक प्रश्नहरले झुक्याउने भएकोले सचेत हुने, – लामो प्रकृतिका उत्तरहरु प्राय सही हुन्छन्,

– समयको व्यवस्थापन राम्रो संग गर्ने यदी कुनै प्रश्नको उत्तर १ मिनेटमा दिन नसक्ने भए छोडेर पछी हल गर्ने,

– प्रश्नहरु हल गरिसकेपछी थोरै समय पुनर्वालोकनका लागि पनि छुट्याउन बिर्सनु हुदै,

– कतिपय प्रश्नका उत्तरहरु त्यही प्रश्नपत्रको अन्य प्रश्न वा उत्तरहर संग पनि मिलेको हुन सक्छन् चनाखो हुने,

– यदी आफुलाई उत्तर यकिन भएन र गलत उत्तरमा चिन्ह लगाय बापत Penalty को प्राबधान नभएमा अन्दाजको भरमा पनि चिन्ह लगाउने र कुनै पनि प्रश्न नछोड्ने,

– एकपटक चिन्ह लगाई सकेपछि त्यही प्रश्नको उत्तरमा फेरी केरमेट गरेर अर्को चिन्ह लगाउनुको कुनै अर्थ छैन्,

– परीक्षा सकेर बाहिर निस्केपछी भएका कम्जोरीहरुलाई भविष्यमा अन्य परीक्षाको तयारीको लागि काम लाग्ने हेतु समीक्षा गर्नु बुद्धिमानि ठहर्छ ।

बाबुकाजी कार्की