शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने प्रस्ताव क्याबिनेटमा पठायो, कहिले बाट खुल्ने भए स्कूल ?

  • प्रकाशित मिति : २०७८ माघ १६, आईतवार
  • chhanbin.com

निजी तथा आवासीय विद्यालयका पदाधिकारीसँग शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सुझाव लिएका छन् । मन्त्री पौडेलले मन्त्रालयमा बोलाएर निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालसँग शैक्षिक सुधारका विषयमा सुझाव लिएका हुन् ।

सुझावमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालले कोराना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनका कारण बन्द विद्यालय खोल्न दिन माग गरे । प्याब्सनले खोप लगाइसकेका विद्यार्थीलाई आलोपालो प्रणालीमा भौतिक उपस्थितिमै २३ माघदेखि कक्षा सञ्चालन गर्न दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

देशका सबै विद्यालय बन्द गर्नुका साटो कोभिड प्रभावित क्षेत्र तोकेर अन्य विद्यालयलाई सञ्चालन वातावरण गराउन प्याब्सनले माग गरेको छ । यस्तै, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालले सहुलियपूर्ण कर्जामा छुटको व्यवस्था माग गरेको छ ।

संक्रामक रोग ऐन, २०२० ले गृह र जिल्ला प्रशासनलाई मात्रै चिनेको बताउँदै ऐन संशोधन गरी समयानुकूल गराउन माग गरेको छ । छलफलमा मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधार्न निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताए । माघ मसान्त सम्म स्कूल खोल्न नसकिने बताउदै मन्त्री पौडेलले फागुन दोश्रो साता बाट संचालन गर्न दिन सकिने बताएको छलफलमा एक सहभागीले बताए।

श्रोतका अनुसार भोलि सोमबार बस्ने क्याबिनेटले माघ मसान्त सम्म स्कूल बन्द गर्ने निर्णय गर्दैछ। त्यसपछि पनि थप एक हप्ता स्कूल बन्द हुन सक्ने श्रोतको भनाई छ। शिक्षा मन्त्रालयले माग मसान्त सम्म स्कूल बन्द गराउने निर्णय गर्न क्याबिनेटमा प्रस्ताब पठाईसकेको छ।