भोली माघ १६ गते प्रतिनिधिसभाको बैठक बस्दै

  • प्रकाशित मिति : २०७८ माघ १५, शनिबार
  • chhanbin.com

प्रतिनिधिसभाको बैठक भोलि (आइतबार) बस्ने भएको छ। यसअघि माघ ३ गते डाकिएको प्रतिनिधिसभा बैठक कोरोना जोखिमको मध्यनजर गर्दै स्थगित भएको थियो।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०७८ साल माघ ३ गते सोमबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक कोभिड-१९ को बढ्दो संक्रमणको कारण उक्त दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले बैठक मिति २०७८ साल माघ १६ गते आइतबार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

त्यसअघि आइतबार बिहान सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्य व्यवस्था परामर्श समितिको बैठक डाकेका छन्।