सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताको बैठक सुरु भएको छ । बैठक आजै दोस्रोपटक सुरु भएको हो । प्रधानमन्त्रीनिवास बालुवाटारमा जारुी बैठकले आजै स्थानीय चुनावको मिति तोक्नसक्ने बताइएको छ ।
‘बैठकले आजै स्थानीय तह चुनावको मिति तोक्नसक्ने सम्भावना छ’, प्रधानमन्त्रीनिकट स्रोतले भन्यो । आज बिहान पनि गठबन्धनको बैठक बसेको थियाे । बैठकमा बैठकमा समयमै चुनाव गर्नेबारे नेताहरूबीच सकारात्मक छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी छन् ।