शिक्षक बन्न मरिहत्ते गर्नेको संख्या झन्-झन् बढ्यो, प्राविमा मात्र आवेदन दिनेको संख्यै डरलाग्दो

  • प्रकाशित मिति : २०७८ माघ १४, शुक्रबार
  • chhanbin.com

शिक्षक सेवा आयोगले माग गरेमध्ये प्राथमिक तहको शिक्षक बन्न एक लाख १३ हजार बढीले आकांक्षा देखाएका छन् । प्राथमिक विद्यालयका लागि आयोगले १३ हजार दुई सय ९७ शिक्षकको माग गरेको थियो । बिहीबार नियमित आवेदन दिने समयसम्म एक लाख १३ हजार बढीको निवेदन प्राप्त भएको जानकारी आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले दिए ।

अब २० माघसम्म डबल दस्तुर तिरेर आवेदन दिन सकिने समय तोकिएको छ । यो अवधिमा दुई हजार हाराहारी आवेदन अझै थपिन सक्ने उनी बताउँछन् । यस अघि आवेदन खुलेका मध्ये मावि र निमाविसँग तुलना गर्दा भने यो संख्या कम हो । यस अघि आयोगले माविमा १५५२ माग्दा ३६ हजार ५ सय ५२ जनाले आवेदन दिएका थिए ।

निमाविको १६०६ जना माग्दा ८७ हजार ८ सय ७४ जनाले आवेदन दिएका थिए । निमाविमा अझै भोलिसम्म डबल दस्तुर तिरेर आवेदन दिन सकिनेछ । आयोगले चैतमा परीक्षा तोकेको छ । आयोगका अनुसार परिक्षा रोकिदैन।