पाँच दलका तीन भाई सत्ताको जुईनो कस्ने गरि जुटे, भोलि गठबन्धनको बैठक बोलाउने निर्णय गरेरै उठे

  • प्रकाशित मिति : २०७८ माघ १४, शुक्रबार
  • chhanbin.com

पाँचदलीय सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच भेटघाट भएको छ। शुक्रबार बिहान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो।

बैठकमा मंगलबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको समीक्षा गरिएको थियो। यस्तै स्थानीय तहको निर्वाचन र कानूनी समस्याका विषयमा छलफल भएको थियो। उक्त बैठकले शनिबार गठबन्धनको बैठक बोलाउने निर्णय गरेको छ।