प्रधानमन्त्रीलाई बोलाएर राष्ट्रपतिले चासो सहित दिइन् यस्तो दबाब, देउवाले फर्काए यसरी जवाफ

  • प्रकाशित मिति : २०७८ माघ १३, बिहीबार
  • chhanbin.com

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवाले आज दिउसो राष्ट्रपति कार्यालय शितल निवास पुगी भण्डारीसँग भेटवार्ता गरेका हुन् ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच शीतल निवासमा एक घण्टा बिभिन्न विषयमा छलफल भएको जनाइएको छ । भेटमा राष्ट्रपतिले स्थानीय निर्वाचनको विषयमा चासो राखेकी थिइन् । उनले समयमै निर्वाचन सम्पन्न गर्न र संविधान तथा कानूनको पालना गर्न प्रधानमन्त्रीलाई आग्रह गरेकी थिइन् ।

जवाफमा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनका सम्बन्धमा सत्तारुढ दलहरूसँग छलफल गर्ने बताएका थिए । प्रधानमन्त्री देउवा भेटवार्ता सकी शीतल निवासबाट बालुवाटार फर्किसकेका छन् ।