८ हजार १७ मा कोरोना संक्रमण पुष्टि, एकैदिन १५ को ज्यान गयो

  • प्रकाशित मिति : २०७८ माघ १३, बिहीबार
  • chhanbin.com

नेपालमा थप ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट २१ हजार ८०८ जनाको नमूना परीक्षण गर्दा बिहीबार ८ हजार ०१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। एकै दिन १५ जनाको मृत्यु भएको छ ।

गत २४ घण्टामा १५ हजार ७३६ नमूनाको पीसीआर र ६ हजार ७२ नमूनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ।