निरन्तर घटेको नेप्से आज बढे जस्तो गर्दा आज यी दर्जन कम्पनीको भयो चाँदी कटाई

  • प्रकाशित मिति : २०७८ माघ १३, बिहीबार
  • chhanbin.com

सेयर बजार झिनो अंकले कमब्याक भएको छ । आइतबारदेखि निरन्त ओरालो लागेको नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार ३ अंकले बढेको हो । समग्रमा यससाता नेप्से १४२ अंकले घटेको छ ।

आज सूचकमा झिनो बढोत्तरी आए पनि कारोबार रकममा भने गिरावट आएके छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै १ अर्बले घटेर सवा ३ अर्बमा सीमित भएको हो । बिहीबार नेप्से ३.३३ अंकले बढेर २७७९.९८ विन्दुमा पुगेको छ । आज २२४ कम्पनीको ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ रुपैयाँ बराबरको ६६ लाख ७५ हजार २३१ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचकमा हरियाली छाएको छ भने ६ समूहको राताम्मे भएको छ । निर्जीवन बीमा समूह सबैभन्दा धेरै १.०४ प्रतिशतले बढेको छ भने होटल समूह सबैभन्दा धेरै ०.६९ प्रतिशतले घटेको छ ।

आज कारोबार भएका २२४ कम्पनीमध्ये १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०० कम्पनीको घटेको छ । २२ कम्पनीको मूल्य स्थिर रहेको छ । आज नेशनल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको २० करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल टेलिकम र अपी पावरको ११ करोड बढीको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।

झिनो अंकले बढेको बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । वीन नेपाल लघुवित्त र बुद्धभूमि नेपालको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यसैगरी, सीईडीबी हाइड्रोपावर ८.७२, अजोड इन्स्योरेन्स ७.२८, एनआरएन इन्फ्रस्ट्रक्चर ७.१६, पोखरा फाइनान्स ५.२०, नेशनल माइक्रोफाइनान्स ५.०२, सिटिजन्स म्युचुअल फण्ड २, नबिल ब्यालेन्स फण्ड ३, मानुषी लघुवित्त र शिखर इन्स्योरेन्सको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले बढेको छ । बढ्दो बजारमा आज सप्तकोशी डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा धेरै ४.१४ प्रतिशत गुमाएका छन् ।