स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललाइ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनलाई बुधबार कोरोना पुष्टि भएको मन्त्रालय स्रोतले जनाएको छ। सचिव पोखरेल अहिले होम आइसोलेशनमा बसिरहेको बताइएको छ । सचिवसँगै मन्त्रालयका प्रायः सबै कर्मचारीलाई कोरोना संक्रमण भएको छ ।
एक सय १३७ जना कर्मचारी भएको स्वास्थ्य मन्त्रालयमा दुई जनाबाहेक सबैलाई कोारोना संक्रमण भएको छ । कोरोनाबाट जोगिएका कर्मचारीमा उर्मिला रिजाल र अर्जुनबहादुर बोगटी रहेको मन्त्रालय स्रोतले जनाएको छ ।