नतिजा प्रकाशित गर्न अदालतले दियो लोकसेवालाई यस्तो आदेश, अधिकृतको निवेदन खारेज

  • प्रकाशित मिति : २०७८ माघ १२, बुधबार
  • chhanbin.com

सर्वोच्च अदालतले लोक सेवा आयोगको परीक्षा दिएर बसेका परीक्षार्थीको नतिजा रोकिएको विषयमा बाटो खुलाइदिएको छ । सर्वोच्च अदालतको आदेश अनुसार अब लोकसेवा आयोगले नतिजाको पर्खाइमा रहेका परीक्षार्थीहरुको नतिजा प्रकाशित गर्नुपर्नेछ भने बाँकी परीक्षार्थीहरुको लिखित परीक्षा लिनुपर्नेछ ।

अदालतले समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरुलाई फेरि संघीय निजामती सेवामा फर्काउन नमिल्ने फैसला गरेको छ ।आफूहरुलाई गलत रुपमा समायोजन गरिएको भनी दावी गर्दै शाखा अधिकृतहरुले दिएको निवेदन सर्वोच्च अदालतले खारेज गरेको हो ।

फैसला हेर्न यहाँ क्लिक गर्नुहोस्।