८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि, ५ को ज्यान गयो

  • प्रकाशित मिति : २०७८ माघ १२, बुधबार
  • chhanbin.com

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३५९ नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो।

सोही अवधिमा ४ हजार ४३३ जना संक्रमणमुक्त भएका छन् भने ५ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हाल ९० हजार ६७ जना कोरोनाका सक्रिय संक्रमित छन्। यो हालसम्मकै उच्च सक्रिय संक्रमित संख्या हो।