एमाले उम्मेदवारलाई पछार्दै एकीकृत समाजवादीकी गरिमा शाह राष्ट्रियसभा सदस्यमा विजयी भईन

  • प्रकाशित मिति : २०७८ माघ १२, बुधबार
  • chhanbin.com

राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट गरिमा शाह विजयी भएकी छन् । शाह नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जसमेत हुन् । उनी संबिधान सभा सदस्य समेत भएकी थिईन।

उनी सत्ता गठबन्धनबाट महिलातर्फकी उम्मेदवार थिइन् । शाह प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी हुन् । निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार प्राप्त गरेकी छन् ।