आज पनि सुत्यो सेयर बजार, नसोचेको मूल्य घट्दा यी दर्जन कम्पनी सोत्तर भए

  • प्रकाशित मिति : २०७८ माघ १२, बुधबार
  • chhanbin.com

सेयर बजारमा लगातार चौथो दिन गिरावट आएको छ । आइतबारदेखि ओरालो लागेको बजारले आज पनि सोही यात्रा जारी राखेको हो । यससाताको ४ दिनमा नेप्से १४५ अंकले घटिसकेको छ ।

आज सूचकसँगै कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब बढीले घटेर सवा ४ अर्बमा सीमित भएको छ । बुधबार नेप्से ३८.४५ अंकले घटेर २७७६.३५ विन्दुमा आइपुगेको छ । आज २३३ कम्पनीको ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँ बराबरको ९३ लाख ५८ हजार ७०० कित्ता सेयर किनबेच भएको छ ।

उच्च अंकले घटेको बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । वीन नेपाल लघुवित्त र बुद्धभूमि नेपालको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । घट्दो बजारमा आज पोखरा फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ५.५९ प्रतिशत गुमाएका छन् । त्यस्तै, सेन्टर फाइनान्स र मानुषी लघुवित्तका सेयरधनीले ४ प्रतिशत गुमाएका छन् ।

त्यसैगरी, सानीम इक्वीटी फण्ड, घलेम्ली हाइड्रोपावर, एशियन लाइफ इन्स्योरेन्स, एनआइबीएल समृद्धि फण्ड २, वरुण हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, हिमालयन पावर, खानी खोला, कुमारी बैंकको डिबेञ्चर र हिमालयन ऊर्जा कम्पनीको सेयर मूल्य ३ प्रतिशभन्दा धेरैले घटेको छ ।