शिक्षक बढुवा सम्बन्धि यस्तो छ कानूनी व्यवस्था, यस्ता छन् जान्नै पर्ने कानूनी कुरा

  • प्रकाशित मिति : २०७८ माघ १२, बुधबार
  • chhanbin.com

शिक्षक सेवा आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीका लागि माघ १२ गते बढुवा खुला गरेको छ ।

प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीका रिक्त दरबन्दीको विवरणको आधारमा ७५ प्रतिशत कार्य सम्पादन मूल्याङ्कनको आधारमा र २५ प्रतिशत आन्तरिक प्रतियोगितात्मक आधारमा वर्गीकरण गरी विज्ञापन खोलिएको हो। आयोगका अनुसार कार्य सम्पादन मूल्याङ्कन (७५ प्रतिशत) तर्फ तीन तहको प्रथम र द्वितीय श्रेणीमा दुई हजार ६२२ पदमा बढुवाको लागि विज्ञापन खुलेको छ र आन्तरिक प्रतियोगितात्मक (२५ प्रतिशत) तर्फ तीनै तहको प्रथम र द्वितीय श्रेणीमा ८६७ पदको लागि बढुवा खुला भएको छ ।

सूचना अनुसार आन्तरिक प्रतियोगितात्मक तर्फ ३० दिनसम्मको म्याद हुने र त्यसपछि दोब्बर दस्तुर बुझाएर थप सात दिन गरी फागुनको १९ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस्तै गरी कार्य सम्पादन मूल्याङ्कनका लागि ३५ दिने म्याद फागुनको १७ गतेसम्म दरखास्त दिन सकिनेछ । आन्तरिक प्रतियोगितात्मक तर्फको परीक्षा चैत २१ गते आयोगले तय गरेको छ ।

आयोगका अनुसार प्राथमिक द्वितीयका लागि सात सय र प्रथमका लागि र निम्न माध्यमिक द्वितीयका लागि एक हजार आवेदन शुल्क तोकिएको छ । त्यस्तै गरी निम्न माध्यमिक द्वितीयका लागि र माध्यमिक द्वितीयका लागि एक हजार दुई सय शुल्क तोकिएको छ भने माध्यमिक प्रथमका लागि एक हजार पाँच सय रुपियाँ शुल्क तोकिएको छ ।

शिक्षक बढुवा सम्बन्धि कानूनी व्यवस्था बुझ्न र जान्न यहाँ क्लिक गर्नुहोस्।