यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

  • प्रकाशित मिति : २०७८ माघ १२, बुधबार
  • chhanbin.com

नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ३५ पैसा र बिक्री दर ११९ रुपैयाँ ९५ पैसा कायम गरेको छ।

युरो एकको खरिद दर १३४ रुपैयाँ ७५ पैसा र बिक्री दर १३५ रुपैयाँ ४२ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६० रुपैयाँ ८५ पैसा र बिक्री दर १६१ रुपैयाँ ६६ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ८ पैसा र बिक्री दर १३० रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ३२ पैसा र बिक्री दर ८५ रुपैयाँ ७५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ९७ पैसा छ।

जापानी येन १० को खरिद दर १० रुपैयाँ ४६ पैसा र बिक्री दर १० रुपैयाँ ५१ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८६ पैसा र बिक्री दर १८ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८२ पैसा र बिक्री दर ३१ रुपैयाँ ९८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ७८ पैसा र बिक्री दर ३२ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६३ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९७ पैसा र बिक्री दर १० रुपैयाँ २ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।