मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिकामा सबैभन्दा कम जनसंख्या

  • प्रकाशित मिति : २०७८ माघ १२, बुधबार
  • chhanbin.com

देशभरका स्थानीय तहमा सबैभन्दा कम जनसंख्या मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिकामा रहेको देखिएको छ। आज सार्वजनिक जनगणना २०७८ को नतिजाअनुसार नार्पाभूमि गाउँपालिकाको जनसंख्या ४ सय ४२ छ।

कम जनसंख्या भएका अन्य गाउँपालिकामा मनाङकै डिस्याङ र नासो छन्। त्यस्तै, मुस्ताङको लोघेकर दामोदरकुण्ड पनि कम जनसंख्या भएको गाउँपालिकामा परेको छ।

सबैभन्दा बढी जनसंख्या भएको गाउँपालिका भने बाँकेको बैजनाथपुर रहेको छ। बैजनाथपुरमा ७० हजार ३ सय १५ जनसंख्या रहेको छ। बढी जनसंख्या हुने गाउँपालिकामा बैजनाथसहित बाँकेकै राप्तीसोनारी र खुजुरा पनि रहेका छन्। रुपन्देहीको मायादेवी र कपिलवस्तुको मायादेवी गाउँपालिका पनि बढी जनसंख्या रहेका गाउँपालिका हुन्।

१० हजारभन्दा कम जनसंख्या हुने गाउँपालिकाको संख्या १० छ भने ५० हजारभन्दा बढी जनसंख्या रहेका गाउँपालिकाको संख्या १५ रहेको छ। नेपालको कुल जनसंख्या जनसंख्या भने २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ।