इसीडी शिक्षकलाई दुई वर्ष अघि देखिनै तलब दिने यो त्यस्तो नगरपालिका हो जसले सरकारलाई उछिन्यो

  • प्रकाशित मिति : २०७८ माघ ११, मंगलवार
  • chhanbin.com

प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (लेखापाल) लाई काठमाडौं जिल्लाको टोखा नगरपालिकाले २०७६ सालदेखि नै न्यूनतम पारिश्रमिक दिँदै आएको छ । पालिकाले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई २०७६ सालदेखि नै मासिक १४ हजार ५०० रुपैयाँ उपलब्ध गराएको हो ।

नगरपालिकाको शिक्षा शाखा प्रमुख बाबुराम गौतमले भने, ‘इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई संघीय सरकारले मासिक ६ हजार तोकेको बेला पालिकाले ७ हजार ५०० रुपैयाँ थपेर न्यूनतम तलब उपलब्ध गराएको थियो । हाल संघीय सरकारले ८ हजार दिन्छ । त्यसमा थप गरी हामीले १५ हजार पुर्याएका छौं ।’

उनका अनसार अहिले इसीडी शिक्षक र विद्यालयक कर्मचारीलाई मासिक १५ हजार ५०० रुपैयाँ र सहायक लेखापाललाई मासिक २१ हजार रुपैयाँ उपलब्ध गराइएको छ । पालिकाभित्र ८ जना सहायक लेखापाल, ८ जना विद्यालय सहयोगी र १३ जना इसीडी शिक्षक कार्यरत छन्। टोखा नगरपालिका संघिय सरकार भन्दा अगाडी देखिएको छ। संघिय सरकारले तोक्नु अगाडी देखि नै उक्त नगरपालिकाले शिक्षक र कर्मचारीलाई तलब दिदै आएको हो।