उपत्यकामा एकैदिन ६ हजार ११२ जनामा कोरोना संक्रमण देखियो

  • प्रकाशित मिति : २०७८ माघ ११, मंगलवार
  • chhanbin.com

काठमाडौं उपत्यकामा एकैदिन ६ हजार ११२ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४८७५, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ संक्रमित देखिएका हुन्। योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ४१ हजार ६३३ पुगेको छ।

त्यस्तै देशभरि २५ हजार ९०९ जनाको नमुना परीक्षण गर्दा १२ हजार ८ जनामा कोरोना संक्रमण देखिएको थियो। नेपालमा सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको मन्त्रालयले जनाएको छ।