अनलाइन कक्षाका लागि २ सय ८८ रुपैयाँमै डिसहोमले दिदैछ तिब्र गतिको इन्टरनेट

  • प्रकाशित मिति : २०७८ माघ ११, मंगलवार
  • chhanbin.com

अनलाइन कक्षाका लागि २ सय ८८ रुपैयाँमै डिसहोमको इन्टरनेट पाइने भएको छ । नेपालमा कोभिड–१९ को तेस्रो लहर सुरु भएसँगै शैक्षिक संस्थाले अनलाइन कक्षा सुरु गरेको अवस्थामा इन्टरनेट सेवा प्रदायक कम्पनी डिसहोम फाइबर नेटले स्टुडेन्ट अनलाइन क्लास प्याकेज सार्वजनिक गरेको हो ।

स्टुडेन्ट अनलाइन क्लास प्याकेजअन्तर्गत एउटा विद्यार्थीका लागि मासिक २ सय ८८ रुपैयाँ, दुई जना विद्यार्थीका लागि मासिक ४ सय ८८ रुपैयाँ र ३ जना विद्यार्थीका लागि मासिक ५ सय ८८ रुपैयाँमा इन्टरनेट प्रयोग गर्न सकिनेछ ।

यो प्याकेजमा विद्यार्थीलाई अनलाइन क्लासका लागि आवश्यक पर्ने जुम, गुगल मिट, माइक्रोसफ्ट टिम्सलगायतका सफ्टवेयर चलाउन चाहिने आवश्यक ब्यान्ड विथ उपलब्ध गराइने कम्पनीले जनाएको छ । अनलाइन कक्षाका लागि एक जना विद्यार्थीलाई १० एमबीपीएस, २ जना विद्यार्थीलाई १५ एमबीपीएस र ३ जना विद्यार्थीलाई २० एमबीपीएस इन्टरनेट उपलब्ध हुनेछ ।