नेपाली सेनाले नयाँ भर्ना छनोट कार्यक्रम पुरै रोक्यो

  • प्रकाशित मिति : २०७८ माघ ११, मंगलवार
  • chhanbin.com

कोरोना महामारीको बढ्दो संक्रमणका कारण नेपाली सेनाले नयाँ भर्ना छनोट कार्यक्रम रोकेको छ ।

नेपाली सेनाको दरबन्दीमा रिक्त रहेका विभिन्न पदहरूको वार्षिक कार्यतालिकाअनुसार सञ्चालन हुने भर्ना छनोट परीक्षा आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको नेपाली सेनाले जनाएको छ । सेनाले वार्षिक कार्यतालिका बनाएर हरेक वर्ष विभिन्न रिक्त दरबन्दीमा पदपूर्ति गर्दै आएको छ ।