सबैभन्दा धेरै प्रावि तहमा आवेदन पर्यो, अहिले सम्म कुन तहमा कतिले दिए आवेदन ?

  • प्रकाशित मिति : २०७८ माघ १०, सोमबार
  • chhanbin.com

शिक्षक सेवा आयोगको खुला विज्ञापनअन्तर्गत अब माध्यमिक तहको आवेदन बुझाउने म्याद सकिएको छ । आयोगका अनुसार माध्यमिक तहका लागि ३६ हजार ५८२ जनाले आवेदन दिएका छन् ।

त्यस्तै निम्न माध्यमिक तहमा हालसम्म ८६ हजार ७१५ जना र प्राथमिक तहमा ९५ हजार ८६ जनाले आवेदन फाराम भरेका छन् ।
निम्न माध्यमिक तहका लागि आवेदन बुझाउने म्याद दुई दिन थप गरिएको छ । आयोगका अनुसार माघ १५ गतेसम्म निम्न माध्यमिक तहका उम्मेदवारले र माघ २० गतेसम्म प्राथमिक तहका उम्मेदवारले आवेदन बुझाउन सक्नेछन् । यो दोब्बर दस्तुर तिरेर आवेदन दिने समय हो। त्यसपछि पनि आयोगले विज्ञापन संसोधन गरेर संख्या बढाउँन सक्ने श्रोतको भनाई छ।