कोरोनाविरुद्धको खोप लगाएर घर हिँडेका पुरुषको आधा घन्टामै मृत्यू

  • प्रकाशित मिति : २०७८ माघ ९, आईतवार
  • chhanbin.com

कोरोनाविरुद्धको खोप लगाएर घर हिँडेका एक पुरुषको बाटोमै मृत्यु भएको छ। कैलालीको कैलारी गाउँपालिका–४ का ५३ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनले आइतबार कैलारी गाउँपालिकाकै वडा स्वास्थ्य कार्यालयमा भेरोसेल खोपको दोस्रो मात्रा लगाएका थिए। खोप लगाएको आधा घण्टामै ती पुरुषको मृत्यु भएको आफन्तले बताएका छन्।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले खोप लगाएलगत्तै मृत्यृ भएको जानकारी आएको तर उनको मृत्युको कारण भने खुल्न नसकेको बताए। उनले त्यसका बारेमा अनुसन्धान अगाडि बढाइएको जानकारी दिए।