सत्ताधारी पार्टीका पाँच विद्यार्थी संगठनले केएमसीमा ठोके भोटेताल्चा

  • प्रकाशित मिति : २०७८ माघ ९, आईतवार
  • chhanbin.com

काठमाडौंंस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा पाँच विद्यार्थी संगठनले आइतबार तालाबन्दी गरेका छन् ।

केएमसी र नोबेल मेडिलक कलेजमा अध्ययनरत विद्यार्थीबाट चर्को शुल्क असुल गरेको भन्दै आन्दोलनरत विद्यार्थी संगठनले माग पूरा गर्न भन्दै तालाबन्दी गरेका हुन् । ती २ कलेजमा एमबीबीएस, बीडीएस र बीएनएसमा अध्ययनरत विद्यार्थीबाट होस्टल शुल्कलगायतका नाममा चर्को शुल्क असुल गरिएको भन्दै विद्यार्थी आन्दोलित छन् ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियूू, अखिल (क्रान्तिकारी), अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियनले तालाबन्दी गरेका हुन् । उनीहरुले शुल्क घटाउन माग गरेका छन् ।