इसीडी शिक्षकलाई तलब नदिने स्थानीय तहलाई पाता कस्न बन्यो संयन्त्र, महानगरले दियो तलब

  • प्रकाशित मिति : २०७८ माघ ९, आईतवार
  • chhanbin.com

देशकै जेठो काठमाडौं महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र लेखापाल) लाई महानगरले संघीय सरकारले तोकेको न्यूनतम तलब उपलब्ध गराएको विवारम बुझाएको छ ।

महानगरले इसीडी शिक्षक र विद्यालय सहयोगीलाई मासिक १५ हजार रूपैयाँ उपलब्ध गराएको महानगरपालिकाको शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले बताए । त्यस्तै विद्यालय लेखापाललाई भने मासिक १७ हजार रूपैयाँ उपलब्ध गराइएको उनको भनाई छ।

इसीडी शिक्षक र विद्यालय कर्मचारी गरेर महानगरपालिकाभित्र २४९ जना कर्मचारी कार्यरत छन् । संघीय सरकारले २०७८/०७९ को बजेटमार्फत् इसीडी शिक्षक र विद्यालय कर्मचारीहरूलाई न्यूनतम मासिक १५ हजार रूपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो । संघीय सरकारको घोषणापछि केही स्थानीय तहहरूले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्यूनतम तलब उपलब्ध गराए पनि अधिकांश स्थानीय तहले भने दिएका छैनन् । तलब नदिने स्थानीय तहलाई कानूनी दायरामा ल्याउन शिक्षा मन्त्रालयले पहल गर्दै त्यसको लागत संकलन गर्न संयन्त्र खडा गरिसकेको छ।