सरकारी कर्मचारी सरह शिक्षकलाई पनि पर्यटन काजको माग गर्ने कांग्रेस किन निदायो ?

  • प्रकाशित मिति : २०७८ माघ ७, शुक्रबार
  • chhanbin.com

सरकारी कर्मचारी सरह शिक्षकलाई पनि पर्यटन काजको व्यवस्था गर्न नेपाली कांग्रेसको शिक्षा विभागले गत जेठ महिनामा माग गर्दै बिज्ञप्ति जारी गरेको थियो। तर अहिले आफ्नै सरकार बनेपछि स्वयम् कांग्रेसले यो माग बिर्सिए जस्तो गरेको छ।

शिक्षा विभागका सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गरी अन्य सरकारी कर्मचारी सरह शिक्षकलाई पनि पर्यटन काजको व्यवस्था गर्न माग गरेका थिए । सरकारले आगामी आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारीलाई १० दिन पारिश्रमिक बराबरको रकम सहित पर्यटन काजको व्यवस्था गर्नु पर्ने त्यो बेला कांग्रेसको माग थियो। तर कार्यन्वयन गर्ने बेलामा कांग्रेस निदाए जस्तो भएको छ।

त्यस्तै, सरकारी कर्मचारीको १० लाखको दुर्घटना बीमा र एक लाखको स्वास्थ्य बीमा बापतको प्रिमियम रकम सरकारले व्यहोर्ने व्यवस्था गरेको छ। यसमा पनि शिक्षकलाई छुट्याएकोमा पनि विरोध गरेको थियो ।

सरकारी कर्मचारी सरह शिक्षक र प्राध्यापकलाई पनि पर्यटन काज तथा बीमाको सुविधा उपलब्ध गराउन कांग्रेसको शिक्षा विभागले माग गरे पनि कार्यान्वयन नगराएकोमा आम शिक्षकले आपत्ति प्रकट गरेका छन्।