पछिल्लो २४ भन्टामा देशभर १० हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य मन्त्रालयका अनुसार १८ हजार ६१८ जनाको पिसिआर परीक्षणमा ८ हजार ८१५ र ४ हजार ४७४ जनाको एन्टिजेन परीक्षणमा १ हजार ८८८ जना गरि सो संख्यामा संक्रमण पुष्टि भएको हो।
यस्तै, २४ घन्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएकाे छ। भने सोही क्रममा ७ सय ६६ जना संक्रमणमुक्त भएका छन्।यसैगरि, हाल देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ रहेको मन्त्रालयले जनाएको छ।