महामारी तीव्र गतिमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै कलैया उपमहानगरपालिकाले बिद्यार्थीलाई केहि भए दोषी स्वम प्रधानध्यापक हुने र कारवाहीमा पर्ने बताएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयविपरीत उपमहानगरपालिकाका केही निजी विद्यालय सञ्चालन भइरहेका छन् । कोरोना भाइरसको तेस्रो लहर तीव्ररूपमा बढिरहेको भन्दै सरकारले गत पुस २७ गतेदेखि सबै विद्यालय भौतिक उपस्तिथिमा सञ्चालन नगरी वैकल्पिक माध्ययमबाट सञ्चालन गर्न निर्देशन दिएको थियो ।
सरकार र कलैया उपमहानगरपालिकाले दिएकाे निर्देशनलाई पनि बेवास्ता गर्दै कलैयाका केही निजी विद्यालयले निर्णयविपरित विद्यालय सञ्चालन गर्दै आएका छन् । यता कलैयाका केही निजी विद्यालयले विद्यार्थीलाई पोशाकमा नआउन भनेकाे पाइएकाे छ ।
कलैया उपमहानगरपालिका नगर प्रमुख राजेश राय यादवले निर्देशन विपरीत सञ्चालित विद्यालय आफैं जिम्मेवार हुने बताए । उनले भने बिद्यार्थी लाई केहि भयो भने त्यसको सम्पुर्ण दोष सम्बन्धित विद्यालयका प्रधानध्यापक हुने बताए । कलैया उपमहानगरपालिका के शुक्रवार दोस्रो पटक सूचना जारी गर्दै विद्यालयहरुलाई ध्यानाकर्षण गराएको छ ।