यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

  • प्रकाशित मिति : २०७८ माघ ७, शुक्रबार
  • chhanbin.com

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ९१ पैसा र बिक्री दर ११९ रुपैयाँ ५१ पैसा कायम गरेको छ।

युरो एकको खरिद दर १३४ रुपैयाँ ९५ पैसा र बिक्री दर १३५ रुपैयाँ ६३ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६२ रुपैयाँ ०१ पैसा र बिक्री दर १६२ रुपैयाँ ८३ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ९१ पैसा र बिक्री दर १३० रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ र बिक्री दर ८६ रुपैयाँ ४३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ६९ पैसा छ।

जापानी येन १० को खरिद दर १० रुपैयाँ ४ पैसा र बिक्री दर १० रुपैयाँ ४५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७४ पैसा र बिक्री दर १८ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ७ पैसा र बिक्री दर ३१ रुपैयाँ ८६ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६६ पैसा र बिक्री दर ३२ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५३ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ ०५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।