प्रधानमन्त्री देउवाले अपराह्न ३ बजे सम्बोधन गर्ने

  • प्रकाशित मिति : २०७८ माघ ७, शुक्रबार
  • chhanbin.com

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्। देउवाले शुक्रबार अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन्।

देउवाले सरकारको नेतृत्व गरेको ६ महिना पुरा भइसकेको छ। पुस २९ गते सरकारको ६ महिना पुरा भइसकेको हो। देउवाले अहिलेसम्म गरेका कामकारबाहीका विषय र आगामी कार्ययोजनासहित राष्ट्रका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए।

पछिल्लो समय नेपालमा बढिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जनतालाई सुसूचित गराउन प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।