स्थानीय निर्वाचन वैशाखमा गराउन मोटामोटी सहमति भएको भनिए पनि सत्ता गठबन्धन त्यसबाट फरक दृश्यमा प्रवेश गर्ने संकेत छ । आज दिउँसो बस्ने पाँच दलीय गठबन्धनको बैठकले निर्वाचनसम्बन्धी साझा धारणा प्रस्तुत गर्ने बताइएको छ ।
यसअघि गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी मोटामोटी सहमति निकालेको थियो । आज दिउँसो बोलाइएको सत्ता गठबन्धनको बैठकमा भने स्थानीय तहको निर्वाचनभन्दा पहिले संसदीय निर्वाचन गर्ने एजेण्डाले प्रवेश पाउने भएको हो ।
गठबन्धनको समन्वय समितिका संयोजकसमेत रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रष्ट रूपमै स्थानीय तहको निर्वाचनअघि संसदीय निर्वाचन गर्नुपर्ने पक्षमा छन् । बिशेष गरि रामचन्द्र र प्रचण्डको जोड बैशाखमै चुनाब गर्ने भन्नेमा छ। प्रचण्डले रामचन्द्रलाई जेठान भन्ने गरेका छन्। प्रचण्डको ससुराली पौडेल भएकोले उनले रामचन्द्रलाई जेठान भनेर सोडा हाल्ने गरेको एक नेताले बताए।
देशलाई निकास दिनका लागि ताजा जनादेशमा जानपर्ने निष्कर्ष प्रचण्डले निकालेका छन् । उनको सचिवालयले दिएको जानकारी अनुसार प्रचण्डले आजको बैठकमा स्थानीय निर्वाचनभन्दा पहिले संघीय निर्वाचन गरेर अघि बढ्नेगरी तयारी गरेका छन् ।
अध्यक्ष प्रचण्डले पनि वैशाख वा जेठमा संसदीय निर्वाचन गर्न प्रस्ताव गरेका हुन् । एमालेले ‘अर्ली इलेक्सन’का लागि दबाब दिइरहेका बेला प्रचण्डले अर्ली पनि नभनी र मध्यावधि पनि नभनी बीचको बाटोबाट सर्वाेच्च अदालतले दिएको संघीय संसदको निरन्तरता हुनेगरी प्रस्ताव राखेका हुन् । स्थानीय निर्वाचनका लागि भने संविधानमा उल्लेख भए अनुसार कार्यवधि सकिएको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्ने व्यवस्था छ । यसअघिका नेकपा समाजवादीका अध्यक्ष नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भएकोले थप निर्णय हुन सकेको थिएन ।उनीहरूसहितको उपस्थितिमा आज बस्ने बैठकले बाँकी निर्णय लिने बताइएको छ ।