नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर अधिकतम ११९ रुपैयाँ ०२ पैसा र बिक्री दर ११९ रुपैयाँ ६२ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३५ रुपैयाँ ६७ पैसा र बिक्री दर १३६ रुपैयाँ ३५ पैसा तोकेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ १८ पैसा र बिक्री दर १६२ रुपैयाँ ९९ पैसा रहेको छ, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ १३ पैसा र बिक्री दर १३० रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ६० पैसा र बिक्री दर ८६ रुपैयाँ ०३ पैसा रहेको छ भने, क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ५२ पैसा छ ।
यसदिन जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३८ पैसा र बिक्री दर १० रुपैयाँ ४४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७४ पैसा र बिक्री दर १८ रुपैयाँ ८३ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ७२ पैसा र बिक्री दर ३१ रुपैयाँ ८८ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ६९ पैसा र बिक्री दर ३२ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ ०४ पैसा कायम भएको छ ।