अब दैनिक ६ सय जनाको मात्र पासपोर्ट बन्ने

  • प्रकाशित मिति : २०७८ माघ ४, मंगलवार
  • chhanbin.com

कोरोना संक्रमण बढेपछि राहदानी विभागले दैनिक राहदानी वितरणको संख्या आधा घटाएको छ । दैनिक १२ सयलाई राहदानी दिदै आएको विभागले अब ६ सयलाई मात्र वितरण गरिने विभागका प्रवक्ता शरदराज आरोनले जानकारी दिए ।

विभागका १५ जना कर्मचारी एकैपटक संक्रमित भएको र अरु कर्मचारीमा पनि संक्रमण देखिन थालेको तथा पासपोर्टका लागि ठूलो भिडभाड लाग्ने गरेकाले त्यसलाई नियन्त्रण गर्नका लागि पनि दैनिक वितरणको कोटा घटाइएको हो । विभागमा ९० जना कर्मचारी छन् । पासपोर्टका लागि दैनिक साढे २ हजार भन्दा बढी विभागमा पुग्छन् ।