मधेश प्रदेशमा भोलि बुधबार पनि सार्वजनिक बिदा

  • प्रकाशित मिति : २०७८ माघ ४, मंगलवार
  • chhanbin.com

मधेश प्रदेशमा भोलि बुधबार पनि सार्वजनिक बिदा हुने भएको छ । मधेश प्रदेशमा लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको हो । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तय भएको खुसियालिमा मंगलबार सार्वजनिक बिदा दिएको प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

२०६३ साल माघ ५ गतेबाट शुरु भएको मधेश आन्दोलनको स्मरण गर्दै प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिंदै आएको छ । बुधबार मधेश बलिदानी दिवसको अवसर पारेर प्रदेश सरकारले यसअघि नै सार्वजनिक बिदा दिने निर्णय गरिसकेको थियो । यो दिवसमा मधेश आन्दोलनमा शहीद भएका ५७ जनाको परिवारलाई ३ लाखका दरले बितरण प्रदेश सरकारले जनाएको छ । यस पटक बलिदानी दिवस राजविराजमा मनाउने प्रदेश सरकारले निर्णय गरेको छ ।