सत्तागठबन्धनमा सहमति भएपछी देउवा सरकार वैशाखमै स्थानीय चुनाव गराउन भयो राजी

  • प्रकाशित मिति : २०७८ माघ ४, मंगलवार
  • chhanbin.com

सत्तागठबन्धनमा स्थानीय चुनावबारे सहमति जुटेको छ। आगामी वैशाखमै स्थानीय चुनाव गर्नका लागि गठबन्धन दलहरु सहमत भएका हुन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन समन्वय समितिको बैठकमा स्थानीय चुनाव वैशाखमै गराउने सहमति जुटेको हो।

गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच स्थानीय चुनावको विषयमा सहमति जुटेको हो। सत्तागठबन्धन बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार फेरि गठबन्धन बैठक बस्ने र र त्यही दिन बस्ने क्याबिनेटले स्थानीय निर्वाचनको मिति घोषणा गर्ने बताए।

यसअघि, प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वैशाखमा चुनाव गराउन सहमत रहे पनि सत्तागठबन्धनमा सहमति जुटेको थिएन। कोरोना संक्रमणमुक्त भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो सोमबार प्रधानमन्त्ती देउवालाई भेटेपछि आज गठबन्धन समन्वय समितिको बैठक बसेको हो।