मध्य भोटेकोशीको सेयर मूल्यमा लगातार १६ औं दिन पोजेटिभ सर्किट

  • प्रकाशित मिति : २०७८ माघ ३, सोमबार
  • chhanbin.com

मध्य भोटेकोशी जलविद्युत् कम्पनीको सेयर मूल्यमा लगातार १६ औं दिन पोजेटिभ सर्किट लागेको छ । पुस ११ गतेदेखि कारोबारमा आएको कम्पनीको त्यसयता सेयर मूल्य दैनिक १० प्रतिशतले बढ्दै आएको हो ।

१०० रुपैयाँमा पहिलो कारोबार खुलेको कम्पनीको सेयर मूल्य १६ कारोबार दिनमा साढे चार गुणाले बढेर ५४८.८ रुपैयाँ पुगेको छ । १६ दिनमै भोटेकोशीको सेयर भाउ प्रतिकित्ता ३५८.८ रुपैयाँ बढेको छ । कारोबारमा आएको तीन सातामा पनि कम्पनीको सेयर आपूर्ति अत्यन्त न्यून रहेको छ । यद्यपि, आज भने सप्लाई आएको छ ।

अघिल्ला १५ कारोबार दिनमा जम्मा २० हजार कित्ता कारोबार भएकोमा आज (१ः३० बजेसम्म) एकैदिन २ लाख ३० हजार बढी कित्ता किनबेच भइसकेको छ ।