सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफ्नो १०० दिनको कार्यकालको समीक्षा गरेकी छन् । मन्त्री भएको १०० दिन पूरा भएको अवसमा मन्त्री झाँक्रीले मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन परी आफ्ना उपलब्धी सार्वजनिक गरेकी हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै झाँक्रीले प्रदेश र संघीय सरकारी निकायबीच नै समन्वय नहुँदा सोचे अनुसारको काम गर्न नसकिएको बताइन् । सहरी क्षेत्रमा बसोबास गर्ने आमजनमासको अपेक्षालाई मध्यनजर गर्दै आफूले काम गरिरहेको उनले बताइन् ।
उनले प्रदेश र संघीय सरकारका कतिपय निकायहरुबीच समन्वय गराउन आफूले प्रयत्न गरेको र सोही अनुसार काम भइरहेको मन्त्री झाँक्रीले बताइन् । प्रभावकारी ढंगले काम हुनका लागि पालिका, प्रदेश र संघीय मन्त्रालयबीच समन्वय अपरिहार्य भएको उनको भनाइ छ ।
प्रत्येक पालिकासँग सहरी विकासका लागि समन्वय भइरहेको मन्त्री झाँक्रीको भनाइ छ । वागमती सरसफाइ र विकासका लागि छिटै गुरुयोजना बनाएर अघि बढने उनले बताइन् । वागमती सफाइ गर्न पानीको ड्याम बनाउने कार्य भइरहेको उनले जानकारी दिइन् । उनले वागमती नदीलाई ढल मुक्त बनाउने प्रतिवद्धता व्यक्ति गरिन्। ।वागमती नदीलाई कुनैपनि हालतमा अतिक्रमणबाट रोक्ने उनले प्रतिवद्धता जनाइन् ।
जनता आवास कार्यक्रममा आफू प्रतिवद्ध गरेको भन्दै झाँक्रीले काठमाडौंका घना बस्तीमा खुला क्षेत्र निर्माण गर्ने तयारी भइरहेको उनले बताइन् । काठमाडौं फोहोर मैला व्यवस्थापन गर्ने तयारी स्वारुप अनुसन्धान केन्द्रको स्थापना हुने मन्त्री झाँक्रीले बताइन् ।
सहरी विकाश मन्त्रालयका सचिव मणीराम गेलाललाई कोरोना संक्रमण भएपछि उनी कार्यक्रममा उपस्थित भएनन्। श्रोतका अनुसार गेलाललाई कोरोना भन्दा पनि मन्त्री झाँक्रीको कच्चा निर्णय र काम गराई भारी भएको हो। गेलाल मन्त्री झाँक्री भन्दा पनि एमाले अध्यक्ष केपी ओली र महेश बस्नेत प्रति बढी बफादार छन्।