चार हजार ९६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, तीनको ज्यान गयो

  • प्रकाशित मिति : २०७८ माघ २, आईतवार
  • chhanbin.com

नेपालमा पछिल्लो २४ घण्टामा चार हजार ९६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस्तै थप तीन जनाको संक्रमणबाट निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ।

यस अवधिमा ४३५ जना संक्रमण मुक्त भएका छन्। आज सक्रिय संक्रमितको संख्या २५ हजार ६८० रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। पछिल्लो २४ घण्टामा १५ हजार १३१ जनाको नमुना परीक्षण गरिएको थियो। यसैगरी आज ५४ हजार ३१२ जनाले कोरोनाको खोप लगाएका छन्।