कांग्रेसका पराजित महामन्त्री महतलाई कोरोनाले सुतायो

  • प्रकाशित मिति : २०७८ माघ १, शनिबार
  • chhanbin.com

नेपाली कांग्रेसका नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण पुष्टि भएको छ।

पीसीआर परीक्षण गर्दा आफूलाई कोरोना संक्रमण भएको महतले जानकारी दिएका छन्। महतले शनिबार फेसबुकमार्फत् आफूलाई कोरोना पुष्टि भएको बताएका हुन्।

उनले कोरोना देखिएसँगै आफू होम आइसोलेसनमा रहेको जानकारी दिएका छन्। महतले आफ्नो सम्पर्कमा रहेकाहरूलाई स्वास्थ्य परीक्षण गर्न आग्रह गरेका छन्।