दिनहुँ बढ्न थाल्यो सुनको भाउ, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

  • प्रकाशित मिति : २०७८ पुष २९, बिहीबार
  • chhanbin.com

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा बिहीबार तोलामा ५ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजावी सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ निर्धारण भएको छ । त्यसैगरी, आज चाँदीको भाउ पनि बढेको छ । बुधबार प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार २० रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।