एकसाता यता नेपालमा कोरोना भाइरसको संक्रमण दर निकै उच्च गतिमा बढिरहेको छ । एक साताअघिसम्म दैनिक दुई सय पनि संक्रमित नथपिने गरेकोमा अहिले भने समुदायस्तरमै पुगेको छ ।
सोमबार एक हजार चारसय ४६ जनामा संक्रमण देखिएकोमा मंगलबार त्योभन्दा एक हजार बढी संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरमा १५ हजार ३३ जनामा परीक्षण गरिएको थियो । त्यसमा २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै, गत २४ घण्टाको अवधिमा ३१३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । यस्तै देशभर हाल ९ हजार ५२२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म देशभरमा कोरोना संक्रमितको संख्या ९ लाख ३३ हजार ८ सय ९४ पुगेको छ । यस्तै, आठ लाख १४ हजार ७ सय ९८ जना कोरोनाबाट निको भइसकेका छन् । अहिलेसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६०७ पुगेको छ ।
पछिल्लो एक सातामा कुन दिन कति सङ्क्रमित ?
पुस २० गतेः ३९३ जना सङ्क्रमित
२१ गतेः ४३५
२२ गतेः ५४०
२३ गतेः ९६८
२४ गतेः ९४४
२५ गतेः १,१६७
२६ गतेः १,४४६
२७ गतेः २,४४४ जना सङ्क्रमित