कोरोना सङ्क्रमितको संख्याले मार्यो डरलाग्दो फड्को, एकैदिन २४४४ जना थपिए

  • प्रकाशित मिति : २०७८ पुष २७, मंगलवार
  • chhanbin.com

पछिल्लो २४ घण्टामा २४४४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १० हजार ६४८ जनामा पीसीआर परीक्षण गरिएकोमा १ हजार ९८१ जनामा र ४ हजार ३८५ जनामा एन्टीजेन परीक्षण गर्दा ४६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.५ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०७ पुगेको छ ।

यसैगरी देशमा हालसम्म ९ हजार ५२२ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १ लाख ८० हजार ४५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।